पर्सा : वीरगंज महानगरपालिका अन्तर्गत महानगरका बिभिन्न स्थानबाट बिना कागजपत्र इरिक्सा चलाउने १६३ जनालाई शनिबार प्रहरीले कारबाही गरेको छ।
इजाजत पत्र, सवारी चालक अनुमति पत्र र सवारी दर्ता किताबबिना इ रिक्सा चलाइरहेको पाइएको हुँदा जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले इ रिक्सा चालकलाई कारबाही गरेको हो।
इजाजत पत्र नभएको १६ वटा, सवारी चालक अनुमति पत्र नभएको १२१ वटा र सवारी दर्ता किताब नभएका २६ वटा गरी जम्मा १६३ वटा इरिक्सालाई नियन्त्रणमा लिई आवश्यक कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।