|

उदयपुरः छैटौं उदयपुर गोल्डकपको उदयपुरमा आइतबार जारी भएको खेलमा घरेलु टिम उदयपुर ११ विजयी भएको छ। थारुहट रंगशाला उदयपुरमा भएको खेलमा झापा ११ लाई शून्यकाविरुद्ध एक गोल अन्तरले हराउँदै उदयपुर ११ बिजयी भएको हो। 

पहिलो हाफको ३८ औँ मिनेटमा उदयपुर ११ का जर्सी नम्बर १५ का दिपक गुप्ताले गरेको गोललेनै जित हात पारेको थियो। सुरुवाती चरणबाटै दवावमा राख्दै आएको घरेलु टिम उदयपुर ११ ले झापाको पटक पटकको प्रयास विफल बनाएको थियो। २ जना विदेशी खेलाडीसहित मैदानमा उत्रिएको झापा ११ ले फितलो खेल प्रदर्शन गर्दा हार व्योहोर्नु परेको थियो।

घरेलु दर्शकको साथ पाएको उदयपुर ११ ले उत्कृष्ट खेल प्रर्दशन गर्दै दोस्रो चरण सुरक्षित गरेको हो। प्रतियोगिताको म्यान अफ दि म्याच उदयपुर ११ का गोल कर्ता दिपक गुप्ता घोषित भए। उनले नगद ७ हजार प्राप्त गरे। यस्तै भोलि खेल मोरङ ११ र नेपाल पुलिस क्लव काठमाडाैंबीच हुने आयोजक समितिका अध्यक्ष रामाकान्त चौधरीले बताए। 

प्रतियोगिताको बिजेताले नगद ५ लाख र उप विजेताले नगद ३ लाख प्राप्त प्राप्त गर्नेछन। प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५० हजार बराबरको उपहार प्राप्त गर्ने आयोजकले जनाएको छ। एसियन थाइफुड्स प्रालि र गौडाछाप उदयपुर सिमेन्टले मुख्य प्रायोजन गरेको हो।

प्रतियोगिता प्रदेश १ मा आयोजना हुने ठूला दुई प्रतियोतिहरू बुढा सुव्वा गोल्डकप र विराट गोल्डकप पछिको ठूलो प्रतियोगिता भएको एन्फाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.