|

जारी विश्वकप किक्रेट अन्तरगतको २२औँ खेलमा भारतले पाकिस्तानलाई ३३७ रनको लक्ष्य प्रस्तुत गरेको छ। भारतले पूरै ५० ओभर खेल्दै पाँच विकेटको क्षतिमा ३३६ रन बनाएको हो।

भारतका तर्फबाट रोहित शर्माले शानदार १४० रन जोडे भने केदार जाधव ९ रन, विजय शंकर १५ रन बनाएर नटआउट रहे। यसबाहेक केएल राहुल र विराट कोहलीले अर्धशतक पूरा गरे।

पाकिस्तानका लागि मोहम्मद आमिरले सबैभन्दा धेरै तीन विकेट लिएर हसन अल र वहाब रियाजले एकएक विकेट हात पारे। म्यानचेस्टरमा भएको खेलमा वर्षाका कारण केही बेर खेल रोकिएको थियो। टस जितेर पाकिस्तानले भारतलाई पहिला ब्याटिङका लागि निम्त्याएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.