|
Photo : www.espncricinfo.com

विश्वकप क्रिकेट २०१९ को पाकिस्तानविरुद्धको खेलमा भारतीय कप्तान विराट कोहलीले थप एक कीर्तिमान आफ्नो नाममा लेखाएका छन्।

भारतीय कप्तान कोहलीले सबैभन्दा छिटो ११ हजार रन बनाउने खेलाडीको कीर्तिमान आफ्नो नाममा लेखाएका हुन्।

६५ बलमा ७७ रन जोडेर आउट भएका कोहलीले ५७ रन बनाउँदा नै उक्त कीर्तिमान आफ्नो नाममा लेखाएका थिए।

कोहलीले सबैभन्दा छिटो ११ हजार रन बनाउन २३० म्याच खेलेका थिए। कोहलीले सचिन तेन्दुलकरको कीर्तिमान तोडेका हुन्। सचिनले २८४ म्याचमा ११ हजार रन पूरा गरेका थिए।

कोहली र सचिनका अलवा ७ अन्य खेलाडीले वनडे क्रिकेटमा ११ हजार रन बनाएका छन्। अष्ट्रेलियाका पूर्वकप्तान रिकी पोन्टिङले २९५, भारतीय पूर्वकप्तान सौरव गांगुलीले २९८ म्याचमा ११ हजार रन पूरा गरेका थिए।

हेर्नुहोस् ११ हजार रन बनाउने खेलाडीको सूची

स्रोत : bhaskar.com

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.