|
Photo : Aayush Shreatha

काठमाडौं : युट्युबर प्रनेश गौतम साधारण तारेखमा छुटेका छन्। जिल्ला अदालत काठमाडौंले गौतमलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो।

जिल्ला अदालतका न्यायाधीश बाबुराम सुवेदीको इजालसले आइतबार थुनछेक बयान र बहस गरेपछि साधारण तारेखमा राखेर मुद्दा पुर्पक्ष गर्ने आदेश दिएको हो। गौतमलाई वीर विक्रम २ भन्ने फिल्मको समीक्षा गरेको भरमा प्रहरीले पक्राउ गरेको थियो।

गौतम जेठ २४ गते पक्राउ परेका थिए। यसअघि हाजिरी जमानीमा छुटेका गौतमलाई प्रहरीले पुनः प्रकाउ गरेको थियो। शुक्रबार जिल्ला अदालत काठमाडौंमा विद्युतीय कारोबारसम्बन्धी कसूरमा गौतमविरुद्ध मुद्दा दायर भएको थियो। सोही मुद्दामा आइतबार अदालतले सुनुवाइ गर्दै साधारण तारिखमा छोडेन फैसाला सुनाएको हो।

ठट्यली पारामा चलचित्र वीरविक्रम २ को समीक्षा गरेपछि फिल्मका निर्देशक मिलन चाम्लिङ (मिलन चाम्स)ले प्रहरीसमक्ष जाहेरी दिएका थिए। सोही उजरीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको जनाएको थियो। उक्त विषयलाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिप्पण गरिएका थिइए। चलचित्रको समीक्षा गर्दा विद्युतीय अपराध जस्तो गम्भीर प्रकृतिको अभियोग लगाएको भन्दै प्रहरी र निर्देशक समेतको चर्को विरोध भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.