|

 आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले तेस्रो जित निकालेको छ।

म्यानचेस्टरमा आइतबार भएको  खेलमा पाकिस्तानलाई डीएल मेथडका आधारमा  ८९ रनले हरायो। ओल्ड ट्राफोर्डमा भारतले दिएको ३ सय ३७ रनको लक्ष्यसहित पाकिस्तानले जवाफी ब्याटिङ गरिरहदा वर्षाको कारण खेल केहि समय रोकिएको थियो।

वर्षाले प्रभावित गरेपछि खेल ४० ओभरमा झारिएको थियो र डीएल  मेथडका आधारमा पाकिस्तानले ३ सय २ रनको नयाँ लक्ष्य पाएको थियो।  भारतले दिएको नयाँ लक्ष्यसहित ब्याटिङ गरेको पाकिस्तानले पुरै ४० ओभर खेल्दै ६ विकेट गुमाएर २१२ रन मात्र बनाउन सक्यो।  त्यसअघि वर्षाले खेल रोकिनुअघि पाकिस्तानले ३५ ओभरमा ६ विकेट गुमाएर १६६ रन बनाएको थियो। 

पाकिस्तानका लागि फकर जमानले ६२ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन्। यस्तै बाबर आजमले ४८ तथा इमाद वासिमले अविजित ४६ रन बनाए । शादब खान २० रनमा अविजित रहे। भारतका विजय शंकर, हार्दिक पाण्डया र कुलदिप यादवले समान २ /२ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ३६ रन बनाएको थियो। भारतका लागि ओपनर रोहित शर्माले १ सय ४० रनको शतकीय इनिङस खेले।  अर्धशतक बनाएका केएल राहुलले ५७ रन बनाएर।  यस्तै कप्तान विराट कोहलीले ७७ रनको अर्धशतकीय इनिङ्स बनाए। पाकिस्तानका मोहमद आमिरले ३ विकेट हात पारे । १० ओभर बलिङ गरेका उनले १ मेडन सहित ३ विकेट लिन ४७ रन खर्चिए। 

जितसँगै भारतले ४ खेलबाट ७ अंक जोडेको छ । तेस्रो स्थानको भारतले ३ खेलमा जित र १ खेलमा अंक पाएको थियो। पाकिस्तानको यो तेस्रो हार हो। यो हारसंगै पाकिस्तानले विश्वकपमा भारतविरुद्धको खेलमा पुन हार व्यहोरेको छ।  भारतविरुद्ध विश्वकपमा पाकिस्तानको यो सातौं हार हो। प्रतियोगिता अन्तरगत आज बंगलादेश र वेष्टइन्डिजबीच खेल हुने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.