|

 चितवन :  चितवनमा आइतवार २ पुरुष मृत फेला परेका छन्। भरतपुर महानगरपालिका ४ बेल्चोकका मागीखाने अन्दाजी ८० वर्षीय वृद्धराम प्रसाद तिवारी भरतपुर १५ फुलवारीमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। 

उनको शव  फेला परेको र मृत्युको कारण नखुलेको जनाइएको छ। तिवारीको शव भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। यस्तै पुर्वी चितवनको कालिका नगरपालिका ८ निउरेनीमा ३० वर्षीय दुर्गाबहादुर चेपाङको शव फेला परेको चितवन प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.