|

दुई गोलको सुरुवाती अग्रता जोगाउन नसक्दा पाराग्वेले कोपा अमेरिकामा कतारसँग बराबरी खेलेको छ। 

विश्वकै सवैभन्दा ठुलो रंगशाला मराकानामा भएको खेलमा ओस्कार कार्डाजोले खेलको चौथो मिनेटमा अग्रता दिलाएका थिए। मिगुएल अल्मिरोनको कर्नर प्रहारमा ब्रुनो भाल्डेजको हेडर प्रहार रोरोको हातमा लागेपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै कार्डाजोले सुरुवाती अग्रता दिलाएका थिए।  ५६ औ मिनेटमा अल्मिरोनको पासलाई जाली चुमाउदै डिरलिस गोन्जालेजले अग्रता दोब्बर बनाए। खेलको ६८ औं मिनेटमा कतारले खेलमा फर्कने बाटो बनायो।

 तरिक सलमानको पासलाई अली अल्मोएजले पेनाल्टी क्षेत्र बाहिरबाट उत्कृष्ट गोल गर्दै कतारलाई खेलमा फर्काए। त्यसको ८ मिनेटपछि कतारले उपहार गोलबाट खेल बराबरीमा ल्यायो। बौलेम खौखीको प्रहार पाराग्वेका गोलरक्षक रोबर्ट फर्नान्डेजलेको खुट्टामा लागेपछि क्लियर गर्ने क्रममा जुआन रोड्रिगो रोजासले आत्मघाती गोल गरे।

बराबरीसँग पहिलो पटक कोपा अमेरिकामा आमन्त्रिता टोलीको रुपमा सहभागिता जनाएको कतारले महत्वपुर्ण एक अंक बटुलेको छ। खेलअवधीभर कतारका ४ र पाराग्वेका २ जना खेलाडीले पहेलो कार्ड पाए। बराबरीसंगै समुह बी मा पाराग्वे दोश्रो र कतार तेश्रो स्थानमा छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.