|

काठमाडौं : टोखा नगरपालिका–४ सामाखुशीमा विद्युत् सर्ट भएर आगलागी हुँदा पाँच सटर जलेर नष्ट भएको छ। 

टोखा नगरपालिका–४ सामाखुशीचोकमा सञ्चालन भएको कपडा पसलमा आइतबार राति विद्युत् सर्ट सर्ट आगलागी हुँदा कपडा पसल, तीन खाजा घर र तरकारी पसल जलेर नष्ट भएको हो।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईंले ९ बजेदेखि शुरु भएको आगलागी १० बजेर १५ मिनेटमा नियन्त्रणमा लिएको जानकारी दिए। आगलागीबाट  १५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.