|

हेटौंडा। हेटौँडा उपमहानगरपालिका–१५ मा  बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ।

चितवनको नारायणगढबाट वीरजञ्जतर्फ जाँदै गरेको ना ५ ख ४०१५ नंको दिवासेवाको यात्रुवाहक बस हेटौँडा–वीरगञ्ज सडकखण्डको चुरेमा अनियन्त्रित भई सोमबार बिहान दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइतेको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। 

मृत्यु भएकी महिलाको अहिले सनाखत भइनसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। सो दुर्घटनामा परी घाइते भएका २० यात्रुको हेटौँडास्थित चुरेहिल अस्पताल र हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

घाइते २० मध्ये चारको अवस्था अत्यन्तै गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.