|
प्रतीकात्मक तस्बिर

रौतहट : केही दिनयता तराईमा बढेको गर्मीको कारण रौतहटका सरकारी तथा निजी विद्यालय बन्द गरिएको छ। जिल्लामा रहेका विभिन्न स्थानीय तहको शिक्षा शाखाले सरकारी विद्यालय ६ दिनको लागि बन्द गर्ने निर्णय गरेको हो।

यसैगरी प्याब्सन रौतहटले भने ३ दिन मात्र विद्यलाय बन्द गर्ने निर्णय गरेको छ। गर्मीले जनजीवन प्रभावित भएपछि सबै सामुदायिक तथा संस्थागत विद्यालय लागि बन्द गरिएको चन्द्रपुर नगपालिका शिक्षा शाखाका शाखा अधिकृत दिपेन्द्र मण्डलले जानकारी दिए। अत्यधिक गर्मीले पठनपाठनमै समस्या भएपछि वर्षे बिदाबाट कट्टा हुने गरी नगरभित्रका सबै विद्यालय बन्द गर्ने निर्णय भएको हो। गर्मीले जनजीवन प्रभावित भएपछि पठनपाठनमा समस्या भएकाले असार ६ गतेसम्म नगर भित्रका विद्यालय बन्द गर्ने निर्णय भएको चन्द्रपुर नगरपालिका शिक्षा शाखाका अधिकृत मण्डलले जानकारी दिए।

यसअघि गौर नगरपालिकाले गर्मीका कारण विद्यालयमा पठनपाठनमा समस्या भएको भन्दै समयावधी घटाएको थियो। बिहान ६ बजेदेखि साढे १० बजेसम्म मात्र विद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो। जिल्लाको गडीमाइ नगरपालिका, दुर्गा भगबती गाउपालिका लगायतले पत्रचार गदै विद्यालय बन्द गरेको हो।

यता बढ्दो गर्मीका कारण रौतहटसहित तराईको जनजिवन प्रभावित बन्दै गएको छ। गर्मीका कारण सर्वसाधारण कमै मात्रामा घरबाहिर निस्किरहेका छन् भने सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थामा सेवाग्राहीको उपस्थिति घट्दो छ। चन्द्रनिगाहपुर चौकको मुख्य सडक र बाटो छेउका छायादार रुख सडक विस्तारका नाममा मासिँदा सियाँल बस्ने ठाउँ पाउन छाडिएको बटुवाको गुनासो छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.