|

दैलेख : ठाटिकाध गाउँपालिका–३ बहाकोटमा जिप दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

सुर्खेतबाट दैलेखको ठाटिकाध गाउँपालिका–४ तर्फ जाँदै गरेका भे १ च २९९० नम्बरको जिप दुर्घटना दुर्घटना भएको दैलेखका प्रहरी प्रमुख ठाकुरप्रसाद पोखरेलले जानकारी दिए। जिपमा चालकसहित आठ जना रहेको जनाइएको छ। 

जिप सोमवार बिहान करिब ८ बज दुर्घटनामा परेको हो। दुर्घटनामा परेको जिप बहाकोट बजारबाट करिब ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ। घाइतेहरुको सामुदायिक स्वस्थ इकाई बहाकोटमा उपचार भैरहेको थप उपचारका लागि हेलिकप्टरमार्फत सुर्खेत लैजाने तयारी भैरहेको दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रशाद बास्कोटाले बताए। घाइतेहरुको पहिचान खुल्न सकेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.