|

सोलुखुम्बु : सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ११ भदौरेस्थित सोलुखोला दुधकोशी हाइड्रोपावरको परिसरमा रहेको बस्तु बम नभएको पुष्टि भएको छ। 

८६ मेगावाट क्षमताको निर्माणाधीन हाइड्रोपावरको परिसरमा शकांस्पद अवस्थामा राखिएको प्रेसरकुकमा बारुद्ध नभएको प्रहरीले जनाएको छ। शनिबार राति स्काभेटरमा आगजनी गरीनजिकै राखिएको प्रेसरकुकर सोमबार बिहान ९ बजेर १२ मिनेटमा निष्क्रिय पारिएको प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिए। उनका अनुसार उक्त वस्तु सुरक्षित साथ निष्क्रिय गरिएको हो। 

प्रहरी निरीक्षक कार्कीका अनुसार प्रेसर कुकरमा डेटोनेटर, फलामका टुक्रा तथा ढुङ्गाका टुक्राहरू रहेका थिए। आइतबार फेला परेको शकांस्पद वस्तु बम भएको आशंकामा नेपाली सेनाको बम डिस्पोजल टाेलीलाई बोलाइएको थियो। 

आइतबार उदयपुरबाट हिँडेको डिस्पोजल टोली सोमबार बिहान घटनास्थल पुगसँगै डिस्पोज गरिएको प्रहरीले जनाएको छ। निर्माणाधीन हाइड्रोपावरमा प्रयोग गरिएको स्काभेटरमा शनिबार अज्ञात समूहले आगजनी गरेको थियो। अज्ञात समूहले गरेको आगजनीबाट स्काभेटरको बाहिरी भाग जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

 अज्ञात समूहद्वारा सोलु खोला हाइड्रोपावरको स्काभेटरमा आगजनी 


स्काभेटर जलाएनजिकै प्रेसर कुकर बम, इटहरीबाट सेनाको डिस्पोजल टोली जाँदै 

  •  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.