|

हेटौंडा : मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ मा यात्रुबाहक बस दुर्घटना भएको छ।

चितवनबाट विरगञ्जतर्फ जाँदै गरेको ना ५ ख ४०१५ नम्बरको बस हेटौँडा १५ चुरेस्थि सडकबाट अनियन्त्रीत भई ३० मिटर तल खस्दा एकजना महिलाको ज्यान गएको छ।  मृत्यु हुनेमा ३५ वर्षिया पार्वती अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको हो। उनको हेटौंडा अस्पतालमा उपचार क्रममा मृत्यु भएको हो।

यस्तै दुर्घटनामा परी अधिकारीका ७ वर्षीय छोरा प्रज्जवल अधिकारी गम्भीर घाइते भएका छन्। उनको थप उपचारको लागि भरतपुर अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।  

दुर्घटनामा अन्य २० जना घाइते भएका छन्।  घाइतेको हेटौंडा असपतालमा उपचार भइरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.