|

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले टुंग्याएर पठाएको स्वास्थ्य समूहका कर्मचारीको समायोजन पत्र स्वास्थ्य मन्त्रालयले अझै एक महिना राेक्ने भएको छ। सामान्यले तयार पारेको अन्तिम सूची आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाइसकेकाे छ।

स्वास्थ्य मन्त्रालयले उक्त सूची अनुसार कर्मचारीलाई समायोजनको पत्र बुझाउने भनिए पनि कर्मचारीले भने तत्काल पत्र नपाउने भएका हुन्। स्वास्थ्य मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख जनार्दन गुरागाइँले समायोजन पहिलेको भन्दा पनि बिग्रेर आएको भन्दै त्यसलाई मिलाउन अझै समय लाग्ने र तत्काल पत्र नपाउने बताएका हुन्। उनले भने,‘अहिले झन् समायोजनमा  समस्या देखिएको  छ। यसलाई समाधान गर्न केही समय त लाग्छ। त्यसैले असार महिनाभरि समायोजन पत्र दिन गाह्रो छ।‘

यता हिजो नै समायोजनको सूची मन्त्रालयमा आएको भन्दै सोमबार मन्त्रालयमा कर्मचारीको बिहानैदेखि भीड नै लागेको थियो। मन्त्रालयमा आएका कर्मचारीले आफू कहाँ परे भन्ने मात्र जानकारी पाए हुन्थ्यो भन्दै प्रवक्ता र प्रशासन प्रमुखलाई कुरेर बसेका थिए। चौँथोदेखि सातौँ तहसम्मको समायोजन सूची आइतबार सामान्यले स्वास्थ्य मन्त्रालयलाई बुझाएको थियो।

स्वास्थ्य मन्त्रालयले सामान्यले टुंगो लागेर पठाएको सूची विगतमा जस्तो वेबसाइटमा सार्वजनिक नगर्ने पनि बताइएको छ। मन्त्रालयले समायोजनमा परेका कर्मचारीलाई हाल कार्यरत रहेको स्थानमा नै पत्र पठाउने तयारी भएको गुरागाइँले बताए।

आर्थिक वर्षको सकिनै लाग्दाको सक्नै पर्ने  चटारोका वर्षादको मौसममा धेरै रोग देखिने र भएका स्वास्थ्य संस्थाहरूमा भएका कर्मचारीलाई यताउता गर्दा स्वास्थ्य सेवामा अप्ठ्यारो पर्ने हुदाँ तत्काल समायोजन पत्र नदिने पनि मन्त्रालयले कर्मचारी समायोजनको स्वास्थ्यमा २७ हजार ३०३ जनाको समायोजन सूची सार्वजनिक भएको थियो। तर उक्त सूचीमा त्रुटि भएको भन्दै १३ हजारभन्दा बढी कर्मचारीले गुनासो दर्ता गरेका थिए।

सरकारले कर्मचारीलाई वैशाख ५ गतेसम्म गुनासो दर्ता गर्न समय दिएको थियो। उक्त अवधिमा गुनासो दर्ता गराएका कर्मचारीको एक/एक विवरण केलाउँदै सामान्यले ७ हजार ७४० गुनासाेलाई जायज ठहर गरेको थियो। गुरागाँइले १४ हजार बढीको गुनासो प्राप्त भए पनि ७ हजार ७४० जनाको गुनासो सम्वोधन भएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.