खर्च किन भएन?

|

काठमाडौं : खर्च गर्ने क्षेमता बढाउन नसकेको प्रदेश सरकारले आगामी आर्थिक वर्षकाे बजेटमा ठूलो ल्याउनेमा प्रतिस्पर्धा देखिएको छ। चालु आर्थिक वर्षमा विनियोजन गरेको बजेटको तुलनामा ११ महिनामा जम्मा ३९ प्रतिशत खर्च गरेको छ।

सरकारले आगामी आर्थिक वर्षको गत वर्ष विनीयोजन गरेको बजेटको तुलनामा एक खर्ब २५ अर्ब रुपैयाँ बढी बजेट विनियोजन गरेको छ। चालु आर्थिक वर्षमा एक खर्ब ३४ अर्ब ९५ करोड रुपैयाँ विनियााेजन गरेकोमा जेठ महिनासम्म जम्मा ५२ अर्ब ९५ करोड रुपैयाँ मात्रै खर्च गर्न सेको छ।

चालु आर्थिक वर्षमा विनीयोजित बजेटको तुलनामा खर्चमा सबैभन्दा कमजोर कर्णली प्रदेश रहेको छ। यो प्रदेशले २५ अर्ब ७४ करोड रुपैयाँ विनियोजन गरेकोमा जेठ मसान्तसम्म जम्मा १६ प्रतिशत अर्थात चार अर्ब २७ करोड रुपैयाँ खर्च गरेको छ। तर आगामी आर्थिक वर्षको बजेटको लागि ३४ अर्ब ३५ करोड रुपैयाँ विनियोजन गरेको छ।

चालु आर्थिक वर्षमा र आगामी आर्थिक वर्षमा पनि सबैभन्दा बढी बजेट विनियोजन गरेको प्रदेश तीनको खर्च स्थिति पनि कमजोर देखिएको छ। प्रदेश कोष तथा लेखा नियन्त्र कार्यलयका अनुसार प्रदेश ३ ले जेठ मसान्तसम्म जम्मा २७ प्रतिशत बजेट खर्च गरेको छ।

चालु आर्थिक वर्षको लागि प्रदेश ३ को ३५ अर्ब ६१ करोड रुपैयाँ बजेट विनियोजन भएकोमा हालसम्म नौ अर्ब ७५ करोड रुपैयाँ खर्च भएको छ। आगामी आर्थिक वर्षको लागि ४७ अर्ब ६१ करोड रुपैयाँ विनियोजन गरिएको छ।

चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा प्रदेश सरकारहरूको औषत बजेट खर्च ३९ प्रतिशत रहेको छ। पुँजीगत खर्चको स्थिति अझ कमजोर देखिएको छ।

धेरै बजेट बढाउनेमा प्रदेश ३ र कम बढाउनेमा सुदूरपश्‍चिम

चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा सबैभन्दा धेरै बजेट प्रदेश तीनले बढाएको छ। प्रदेश तीनको सरकारले आगामी आर्थिक वर्षको लागि विनियोजन गरेको बजेट चालु आर्थिक वर्षको तुलनामा १२ अर्ब रुपैयाँ बढी रहेको छ। चालु आर्थिक वर्षमा ३१ अर्ब ६१ करोड विनियोजन गरेकोमा आगामी आर्थिक वर्षमा ४७ अर्ब ६१ करोड रुपैयाँ विनीयोजन गरेको छ।

कम बजेट बढाउनेमा सुदूरपश्‍चिम प्रदेश रहेको छ। यो प्रदेशले आगामी आर्थिक वर्षको लागि चालु वर्षको तुलनामा तीन अर्ब नौ करोड रुपैयाँ मात्रै बजेट बढाएको छ। चालु आर्थिक वर्षमा २५ अर्ब ७ करोड बजेट विनीयोजन गरेको यो प्रदेशले आगामी आर्थिक वर्षमा २८ अर्ब १६ करोड रुपैयाँ विनीयोजन गरेका छन्।

खर्च किन भएन

बजेट खर्च हुन नसक्नुलाई केन्द्रदेखि प्रदेशसम्म वित्तीय संघीयता कार्यन्वयनको वर्षको भएको कारण देखाइएको छ। केन्द्र सरकार अर्थमन्त्री डा. युवराज खतिवडाले धेरै नीति नियम बनाउदा बजेट खर्च नभएको बताएका थिए। ‘यो वर्ष धेरै नीति तथा कार्यविधि बनाइयो, अपेक्षाकृत रुपमा खर्च भएन, वित्तीय संघीयता कार्यन्वयनको वर्ष भएको कारण पनि खर्चमा समस्या देखिएको हो’ आगामी आर्थिक वर्षको बजेट विनियोजनपछि अर्थमन्त्री खतिवडाले भनेका थिए।

गण्डकी प्रदेशले वित्तीय संघीयता कार्यन्वयनमा देखिएको अन्योलता र केन्द्र सरकारले सम्वन्वयन नभएको कारण बजेट खर्च गर्न समस्या भएको बताइएको छ। गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङले आगामी आर्थिक वर्षको खर्चमा सुधार ल्याउने बताएका छन्।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले यो वर्षमा खर्चमा समस्या देखिए पनि आगामी आर्थिक वर्षमा आ७ महिनाभित्र ७० प्रतिशत जेट खर्च गर्ने प्रतिवद्धता जनाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.