|

  • दीपक शर्मा-

सल्यान :  सल्यान सिद्धेश्वरी ७ ढोरचौरका कुलाराम रेउलले प्याजका विरुवा बिक्रीबाट दुई महिनामा ६ लाख आम्दानी गरेका छन्। आफ्नै नर्सरीमा लगाएको ५० किलो प्याजको बीउबाट उम्रेको बेर्ना बिक्री गरेर मंसिर र पुस महिनामा मात्र ६ लाख रुपैयाँ आम्दानी हुने उनले बताए।

अहिलेसम्म ४० क्विन्टल प्याजको बेर्ना बिक्री गरिसकेको र अब १० क्विन्टलजति बाँकी रहेको उनले बताए। ४० क्विन्टल बेर्ना बिक्रीबाट ५ लाख ५० हजार रुपैयाँ आम्दानी गरिसकेका छन्।

सिजन अनुसारका नर्सरी राख्दै आइरहेको र नर्सरीबाट गजबको आम्दानी भइरहेको किसान रेउले बताउँछन्। उनले प्याज, रायो, मुला लगायतका बिभिन्न जातका विरुवाको व्याड राख्दै आएका छन्।

पैसा कमाउन सयौं युवाहरु विदेश गइरहेका बेला ढोरचौरका रेउलले भने गाउँमै बसेर वर्षेनी लाखौं आम्दानी गर्दै आइरहेका छन्। 'देशमा रोजगारी छैन भनेर धेरै युवाहरु खाडी मुलुक भासिएको देख्दा दुःख लाग्छ' उनी भन्छन् 'गाउँमै पसिना बगाउने हो भने साँझ बिहान परिवारसँगै बसेर राम्रो आम्दानी गर्न सकिन्छ।'

व्याडका साथ साथै किसान रेउलेले तरकारी खेती समेत गर्दै आएका छन्। तरकारी खेतीबाट उनले वर्षमा २५ लाखसम्म आम्दानी गर्दै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.