|

सुनसरी : इटहरीमा जारी एरिना प्रिमियर रात्रिकालीन क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार राति भएको खेलमा नेपाली सेनाको विभागीय टिम त्रिभुवन आर्मी क्लब विजयी भएको छ। गएराति भएको खेलका आर्मीले विराटनगरलाई ३२ रनले पराजित गरेको हो। 

इटहरी क्रिकेट मैदानको पिचमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै १६८ रनको योगफल खडा गरेको थियो। आर्मीका लागि अनिल मण्डलले सर्वाधिक ६३ रनको उत्कृष्ट इनिङ खेले। राजु रिजालले ३८ रन बनाउँदा हरिकृष्ण झाले २८ रन बनाए। बलिङतर्फ विराटनगरका अमृत मण्डल र सौगात भट्टराईले समान २–२ विकेट लिए। 

जवाफमा १६९ रनको विजयी लक्ष्य लिएर जवाफी ब्याटिङ गरेको विराटनगर निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १३६ रनमा सीमित भयो। विराटनगरका लागि दिपक पासवानले ४६ रन बनाउँदा पुष्प थापाले ३० रन जोडे। बलिङतर्फ आर्मीका हरिकृण झाले र चन्द्र साउदले २–२ विकेट लिए।

खेलको म्यान अफ द म्याच आर्मीका अनिल मण्डल घोषित हुँदै नगद एक हजार पाए। विजेताले नगद एक लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने प्रतियोगितामा दुई विभागीय टिम सहित आठ टोलीको सहभागिता छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.