|

काठमाडौं : बौद्ध टुसालस्थित समता अस्पतालमा एक महिला मृत भेटिएकी छिन्।

रामेछापको दोरम्बा घर भएकी २७ वर्षीया बिमला तामाङ मंगलबार बिहान अस्पतालमा झुन्डिएको अवस्थामा भेटिएकी हुन्।

तामाङ मृत अवस्थामा फेला परेपछि त्यहाँको अवस्था तनावग्रस्त बनेको प्रहरीले बताएको छ। अस्पतालमा कार्यरत महिला मृत फेला परेपछि उनका आफन्तले नाराबाजी गरिरहेका छन्। मृतकका आफन्त तोडफोडमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको हो।

बिमलाको मृत्यु नभइ हत्या भएको आफन्तको आरोप छ। सोमबार साँझ अस्पतालमा काम गर्न गएकी तामाङ अबेरसम्म घर नआएपछि खोजी गर्दै अस्पताल पुग्दा काममै नआएको भन्दै अस्पताल प्रशासनले फर्काएको तर आज बिहान प्रहरी लिएर जाँदा एक कोठामा झुण्डिएको अवस्थामा शव फेला परेको मृतकका देवर सिंहराज योञ्जनले बताए। 

योञ्जनका अनुसार अस्पतालले मृतकलाई केही भनेको छैन। प्रहरीले अस्पतालको कडा सुरक्षा दिएको छ। 

बिमला दुई महिनादेखि उक्त अस्पतालमा सरसफाइको काममा गर्दै आएकी थिइन्।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.