|
फाइल फोटो

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयक, युरोप भ्रमण र समसामयिक राजनीतिबारे पत्रकार सम्मेलनमार्फत आफ्ना धारणा सार्वजनिक गर्ने भएका छन्।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मंगलबार साँझ ५ बजे पत्रकार सम्मेलन तय गरिएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। अधिकारीकाअनुसार 'संसदमा आफ्ना कुरा राख्ने तयारी भए पनि त्यहाँ कांग्रेसको अवरोधले राख्न नपाएपछि पत्रकार सम्मेलनमार्फत जनतामाझ आफ्ना धारणा राख्न लागिएको हो।'

ती विषयमा आफ्ना धारणा राख्न प्रतिनिधिसभाको मंगलबारको बैठकमा रोष्ट्रममा पुगे पनि प्रधानमन्त्री बोल्न पाएका थिएनन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना नेताले पहिला बोल्न पाउनुपर्ने माग गरेर नाराबाजी गर्दै रोष्ट्रम घेराउ गर्न पुगेपछि बैठक अवरुद्ध भएको थियो।

संसदमा आफ्ना कुरा राख्न नपाएकामा प्रधानमन्त्रीले दुःख व्यक्त गरेका थिए।

सम्बन्धित समाचारः 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.