|

काठमाडौं : छातीमा गम्भिर संक्रमण देखिएर भारतमा उपचार गरिएका सुदूरपश्चिम प्रदेश प्रमुख मोहनराज मल्लको उपचारमा ३६ लाख रुपैयाँ भन्दा बढी खर्च भएको छ। भारतमा उपचारको क्रममा लागेको विल सरकारलाई पेश गरेसँगै केन्द्रिय सरकारले उनलाई रकम उपलब्ध गराएको छ।

२०७५ फागुन ११ गते बसेको मन्त्रिपरिषद् बैठकले उनको उपचारमा लाग्ने खर्च बोहोर्ने निर्णय गरेको थियो। स्वास्थ्यमा सुधार नआएपछि उनलाई २०७५ फागुन १६ गते एयर एम्बुलेन्समार्फत भारतको मेदान्त अस्पतालमा उपचार गर्न लगिएको थियो।

एयर एम्बुलेन्समा लागेको भाडा तथा उपचारमा भएको खर्च विलको आधारमा खर्च रकम उपलब्ध गराइएको अर्थ मन्त्रालयले जनाएको छ।

गत फागुन ४ गते अस्वस्थ भएपछि सुरुवातमा धनगढीस्थित निर्सग अस्पतालको आईसीयुमा राखेर उपचार गरिएको थियो। निसर्गमा सुधार आउन नसकेपछि फागुन ६ गते नेपाली सेनाको नाइट भिजन हेलिकप्टर मार्फत काठमाडौं ल्याइएको थियो।

काठमाडौंको प्रहरी अस्पतालमा उपचारको क्रममा क्रमिक सुधार देखिए पनि संक्रमण बढ्न सक्ने भन्दै भारतको मेदान्त अस्पतालमा रिफर गरिएपछि उनलाई फागुन ११ गते भारतमा लगिएको हो।

सरकारले बैशाख महिनामा विभिद शीर्षकबाट उनको उपचारमा लागेको खर्च उपलब्ध गराएको अर्थमन्त्रालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.