समाज

कर्णालीमा जीप खस्यो, गाउँपालिका उपाध्यक्षसहित १६ जना बेपत्ता
SHARES

असार ३, २०७६

    हुम्ला : कर्णाली नदीमा जीप दुर्घटना हुँदा १६ जना बेपत्ता भएका छन्। हुम्लाको खार्पुनाथा गाउँपालिका ५ को खार्पुनाथबाट याक्चुकुना जाँदै गरेको लु १ ज ७१६६ नम्बरको जीप गाढीवेणु बिसौना र कैलेबालुबीचको खण्डबाट नदीमा खसेको हो। जीप खस्दा खार्पुनाथ गाउँपालिका उपाध्यक्ष शिन्दु हमाल शाहीसहित १६ जना बेपता भएको याक्चु प्रहरीलाई उदृत गर्दै सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए।

    खार्पुनाथ गाउँपालिका ५ मा पर्ने बेणुबिसौना र कैलेबालु भन्ने ठाउँबाट मंगलबार अपरान्ह १ बजे जीप दुर्घटना भएको हो। जीपमा कति यात्रु सवार थिए  भन्ने यकिन भइनसकेको साहयक प्रमुख जिल्ला अधिकारी पोखरेले जानकारी दिए।

    अहिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दाको प्रयासमा उद्धार कार्य भइरहेको छ। तर जीप नदिमा खसेको केही समयपछि कर्णाली नदीले पुरै छोपेकोले कुन ठाउँमा छ भन्ने थाहा नभएको घटनास्थलमा पुगेका पत्रकार राजन रावतले बताए।

    सिमकोट विमानस्थलबाट फिस्टेल एयरको हेलिकप्टरबाट घटनास्थलमा सुरक्षा निकाय पुगिसेकका छन्। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

अर्जुन बोहरा

पत्रकार बोहरा थाहाखरबका हुम्ला संवाददाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]