दोब्बर दस्तुर तिरेर असार १७ गतेसम्म आवेदन दिन पाइने

|

काठमाडौं : लोकसेवा आयोगले स्थानीय तहमा रिक्त पदको लागि खुलाएको विज्ञापन अन्तर्गत निवेदन दिने म्याद थप गरेको छ। मंगलबार अर्थात असार ३ गतेसम्म अन्तिम म्याद भनिएकोमा मंगलबार नै बसेको आयोगको बोर्ड बैठकले असार १० गतेसम्म म्याद थप गर्ने निर्णय गरेको सुचना अधिकारी डिल्ली सुवेदीले जानकारी गराए। 

सर्भरमा समस्या देखिँएको कारण अन्तिम मितिमा स्थानीय तहका लागि आवेदन दिने आवेदक समस्या परेका थिए। आयोगले एकै पटक नौ हजार भन्दा बढी कर्मचारीको लागि आवेदन खुलाएको हो।

सुवेदीका अनुसार एकैपटक धेरैले लग इन गर्दा सर्भर डाउन भएको हो। उनले आवेदकहरूलाई तत्काल आवेदन दिनको लागि समेत आग्रह गरेका छन्। 'अन्तिम मितिमा धेरैले आवेदन दिँदा सभर्रमा समस्या देखिएको हो, समयमै आवेदन दिन आग्रह गर्छौ', सुवेदीले थाहाखबरसँग भने। 

दोब्बर दस्तुर तिरेर भने असार १७ गतेसम्म आवेदन दिन पाइने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.