अर्घाखाँची : कपिलवस्तुको सुरई खोलामा पौडी खेल्न गएका ३ जना युवाको डुबेर मृत्यु भएको छ।
बिजयनगर गाउँपालिका ६ का १७ वर्षीय आशिष भट्टराई, सोही ठाउँका १८ वर्षीय सुमित सुनार र १७ वर्षीय निरन्जन भुसालकाे पौडी खेल्ने क्रममा मंगलबार दिउँसो डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
उनीहरू दिउँसो सुरई खोलामा पौडी खेल्न गएका थिए। दिउसो पौडी खेल्दाखेल्दै ती युवा सुरई खोलामा डुबेकाे थाहा पाउने बित्तिकै घटनास्थलमा प्रहरी पुगे पनि उनीहरूको ज्यान गइसकेको प्रहरीले जनाएको छ। पौडी खेल्नका लागि चारजना गए पनि एकजना सकुशल रहेको प्रहरीले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।