|

काठमाडौं : राष्ट्रिय विकास समस्या समाधान समितिकाे बैठक सुरु भएको छ। 

राष्ट्रिय याेजना आयोगको कार्यालय सिंहदरबारमा सुरु भएको बैठकको अध्यक्षता प्रधानमन्त्री केपी शर्मा ओलीले गरिरहेका छन्। 

बैठकमा सातवटै प्रदेशका मुख्यमन्त्री, संघीय सरकारका सबै मन्त्रीहरू, सबै मन्त्रालयका एक-एकजना सचिव र राष्ट्रिय याेजना आयोगका उपाध्यक्षसहित सदस्य र उच्च सरकारी पदाधिकारीको उपस्थिति रहेको छ। 

बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पनि सहभागी रहेका छन्। 

हरेक चार-चार महिनामा बस्ने बैठकमा विकासमा देखिएका समस्याकाे विषयमा छलफल हुने गर्छ। वैठकले विकास निर्माणमा आएका समस्या समाधानका लागि आवश्यक निर्णय लिने गर्छ। 

यसअघिका बैठकमा प्रदेशका मुख्यमन्त्रीहरूलाई बैठकमा नबाेलाउने गरिएकाेमा पछिल्ला दुई बैठकदेखि बाेलाउन थालिएकाे हो।

बैठकबाट अन्तरप्रदेश, प्रदेश र केन्द्रमा देखिएका समस्या पनि सम्बाेधन गर्न सहयाेग पुग्नेछ।

बैठकमा प्रदेश ३ का मुख्यमन्त्री उपस्थित छैनन्। अन्य ६ जना मुख्यमन्त्रीको सहभागिता रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.