|

उदयपुर : माछा मार्नेक्रममा लिम्चुङबुङ गाउँपालिका १ बाँसबोटेका दुई किशोर बेपत्ता भएका छन्। उदयपुर र खोटाङ सिमाना भएर बग्ने सुनकोशी नदीमा डुवेर सोही वडाको बुत्कु माध्यमिक विद्यायलका अध्यनरत १६ वर्षीय देवकुमार राई र १४ वर्षीय प्रविन राई बेपत्ता भएका हुन्।

माछा मार्ने क्रममा सुनकोशी नदीमा बेपत्ता भएको स्थानीय बुत्कु माविका शिक्षक शिवराम राईले बताए। उनका अनुसार बुधबार बिहान ७ बजेको समयमा माछा मार्ने क्रममा डुबेर बेपत्ता भएपछि गाउँलेहरू खोजी कार्य जारी राखेको जानकारी दिए।

प्रहरीलाई जानकारी गराइए पनि प्रहरी घटनास्थलतर्फ जाँदै गरेको लिम्चुङबुङका वडा सदस्य गुरुमणी कुमाईले  बताए। देवकुमार एसइई दिएर बसेका विद्यार्थी हुन भने प्रवीन कक्षा ९ मा अध्ययनरत विद्यार्थी भएको उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.