|

काठमाडौं : ग्लोबल आइएमई बैंकका ग्राहक र कर्मचारीहरूले सुमेरु अस्पतालमा १० प्रतिशत छुट पाउने भएका छन्। बुधबार ग्लोबल आइएमई बैंक र सुमेरु अस्पताल प्रालिबीच विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकको कार्ड बिक्री तथा बजार प्रवर्द्धन विभाग प्रमुख श्री नवीन सुवेदी र सुमेरु अस्पताल प्रालिका निर्देशक श्री दिलीप डंगोलले हस्ताक्षर गरका छन्। ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संघ/संस्थाहरूसँग समन्वय गर्दै आएको छ।

सम्झौतापश्चात सुमेरु अस्पताल, धापाखेल, ललितपुरमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट (Debit), क्रेडिट  (Credit), प्रिभिलेज lk|len]h (Privilege) कार्ड लिएका बैंकका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १० प्रतिशतसम्म छुट पाउनेछन्।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ।

बैंकले १३७ वटा शाखा, २६ वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, १४८ एटिएम, १५५ शाखारहित बैंकिङ सेवा र नेपालबाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय (अस्ट्रेलिया, बेलायत र भारत) मार्फत आफ्ना १० लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ।

त्यस्तै, बैंकले अत्याधुनिक प्रविधियुक्त भाइवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवाको साथमा रु. १५ लाखसम्म बिना धितो प्रोफेशनल कर्जा पनि उपलब्ध गराउँदै आएको छ।

त्यसैगरी बैंकले मलेसिया, दक्षिण कोरिया, साउदी अरेबिया, कतार, युएई, बहराइन, जोर्डन, बेलायत, भारत लगायतका मुलुकहरुबाट रेमिट्यान्स भिर्‍याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.