|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना निर्माणका विषयमा आफूलाई समेत झुक्याइएको बताएका छन्।

पछिल्लो समय ठेकेदार भागेर समस्या भए पनि त्यस पहिले नै आफूलाई गलत ब्रिफिङ गरेर झुक्याइएको बताएका हुन्। 

'अहिले त ठेकेदार भागेर समस्या भयो, त्यस पहिले पनि गलत ब्रिफिङ भएको रहेछ', राष्ट्रिय विकास समस्या समधान समितिको बैठकमा प्रधानमन्त्री ओलीले भने, 'मौखिक भाका त कति गए-गए। हदै भएपछि मेरो नोट कापीमा लेख्न केही सकिन्छ भनेर सचिवजीलाई भनेको तोकिएको मिति गयो मेलम्ची आएन।'

तत्कालिन खानेपानी सचिव गजेन्द्र ठाकुरले संसदीय समितिमा पनि पटकपटक पानी आउने मिति तोकेका थिए। उनले भनेका दुई वटा भाका नाघिसकेपछिको अवस्थामा ठेकेदार भागेको थियो।

राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्रीले विकास निर्माण, उत्पादन तथा उत्पादकत्व वृद्धिमा प्रतिकुल प्रभाव पार्न नहुने बताए।

सम्बन्धित समाचार:

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.