|

काठमाडौं : रेमिट्यान्सको आप्रवाह उच्च दरमा बढे पनि आयात व्यापार बढ्दै जाँदा प्रत्येक महिना शोधनान्तर घाटा बढ्दै गएको छ। चालु आर्थिक वर्षको १० महिनाको अवधिमा देशमा भित्रिने रकमको तुलनामा ६८ अर्ब २० करोड रुपैयाँ भन्दा बढी बाहिरिएको छ। 

पेट्रोलियम पदार्थ, हवाइजहाज तथा पार्टपुर्जालगायतका वस्तुहरूको उच्च आयात भएको छ। त्यसैगरी निर्यात व्यापार बढ्न नसकेको कारण देशको शोधनान्तर स्थिती दबाबमा देखिएको हो। नेपाल राष्ट्र बैंकले बैशाखसम्मको विवरण सार्वजनिक गर्दै अघिल्लो वर्षको बैशाखमा शोधनान्तर १८ अर्ब ९३ करोड रुपैयाँ मात्र घाटामा रहेको जनाएको थियो। 

त्यस्तै चालु खाता घाटा २ खर्ब २१ अर्ब ४० करोड पुगेको छ। अघिल्लो वर्षको बैशाखमा यस्तो घाटा १ खर्ब ९२ अर्ब रुपैयाँ थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.