|

भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी ४९ वर्षमा प्रवेश गरेका छन्।

जन्मदिनको अवसरमा राहुलले बुधबार पार्टी नेता, कार्यकर्ता र पत्रकारहरूसँग जन्मदिन मनाएका छन्।

दिल्लीमा रहेको पार्टी केन्द्रीय कार्यालयमा जन्मदिनको अवसरमा राहुलले एक भेटघाट कार्यक्रम आयोजना गरेका थिए। भेटघाट कार्यक्रममा नेता र पत्रकारहरूको उल्लेख्य उपस्थिति थियो।

राहुलले पत्रकार र नेताहरूलाई मिठाइ वितरण गरेका थिए।

कांग्रेसका वरिष्ठ नेता प्रमोद तिवारीले गान्धीलाई भेटेर फेरी पार्टीलाई सशक्त रूपमा अगाडि बढाउन आफूले शुभकामना दिएको बताएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.