एक दशकमा ७,३०४ को मृत्यु

|

काठमाडौं : वैदेशिक रोजगारीमा गएकामध्ये पछिल्लो एक दशकमा सात हजार तीन सय चार जनाको ज्यान मृत्यु भएको छ। नेपालबाट हरेक वर्ष चार लाख हाराहारीमा जनशक्ति वैदेशिक रोजगारीमा जाने तथ्यांक छ।

अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ, वैदेशिक रोजगार प्रवर्धन बोर्डले अपर्याप्त आराम, न्यून पारिश्रमिक, स्वास्थ्यमा लापरबाही र पारिवारिक झमेला तथा दबाबका कारण वैदेशिक रोजगारीमा जाने कामदारको मृत्यु हुने गरेको जनाएको छ। 

यस्तै धेरै र कमसल रक्सी खाने, पानी कम पिउने, समयमा खानपानको प्रबन्ध नहुँदा स्ट्रोक, हृदयाघातजस्ता कारणले मृत्यु हुने गरेको छ। कार्यस्थलको असुरक्षा तथा अव्यवस्थित बसाइ मृत्युका अन्य कारण हुन्। कतिपयले भने पारिवारिक मनमुटाव, चर्को ऋण, श्रमसम्झौताअनुसार सेवासुविधा नपाउनुका कारण आत्महत्या बढेको अनुमान छ।

आर्थिक वर्ष ०६६\६७ देखि यस आवको जेठसम्म वैदेशिक रोजगारीमा मृत्यु हुनेमध्ये १६८ महिला छन्। बोर्डका अनुसार चालू आर्थिक वर्षको जेठसम्म वैदेशिक रोजगारीका क्रममा ६६७ जनाको मृत्यु भएको छ। त्यसमा २१ जना महिला थिए।

वैदेशिक रोजगारीका क्रममा दैनिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २ देखि ३ जनाको शव आउने गरेको छ। कतिपय उतै दाहसंस्कार गर्ने चलन पनि छ। श्रम स्वीकृति लिएका कामदारका परिवारले मात्रै वैदेशिक रोजगारीका क्रममा मृत्यु भएमा बोर्डबाट आर्थिक सहायता पाउँछन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.