|

नेपाली लीग च्याम्पियन मनाङमस्याङ्दी क्लब एएफसी कपको समूहचरणबाटै बाहिरिएको छ। बुधबार बंगलादेशी क्लब अबहानी लिमिटेडसँग ५-० ले पराजित भएपछि मनाङ प्रतियोगिताबाट एक खेल अगाबै बाहिरिएको छ।

मनाङ ढाकाविरुद्ध पहिलो हाफमानै दुई गोलले पछि पर्‍यो। बुधबार भएको खेलमा ढाकाले ११ औं मिनेटमानै मनाङविरुद्ध अग्रता बनाउन सफल भयो। घरेलु टोलीका लागि मोहम्मद नविव निवाज जीवनले पहिलो गोल गर्दै ढाकालाई अग्रता दिलाए। पहिलो हाफको इन्जुरीमा ढाकाले अग्रता दोब्बर बनायो।

पहिलो हाफमा २ गोलले पछि परेको मनाङ दोस्रो हाफाम थप निरीह देखियो । ढाकाले भने निरन्तर गोल संभव बनायो। ६३ औं मिनेटमा जेवेल रानाले सोहेल रानको पासलाई सदुपयोग गर्दै टिमलाई ३–० को अबस्थामा पुर्‍याए। ७५ औं मिनेटमा सन्डे चिजोबा एनवाडिलोले गोल गर्दा मनाङ खेला फराकिलो गोल अन्तर भोग्न बाध्य भयो। इन्जुरी समयको पाँचौं मिनेटमा मामुनल इस्लामले टिमका लागि पाँचौ गोल गर्दा मनाङ एएफसी कपमा नै सर्वाधिक फराकिलो अन्तरको हार ब्योहोर्न बाध्य भयो।

प्रतियोगितामा मनाङ अन्तिम खेल बाँकी रहँदा सम्म जितविहीन छ।  ५ मध्ये दुई खेलमा बराबरी खेलेको मनाङले तीन खेलमा हार ब्योहोरेको छ। लीगमा दुई अंकसहित मनाङ पुछारमा रहेको छ। मनाङले अन्तिम खेल एन्फा कम्प्लेक्समा लिगको दोस्रो स्थानमा रहेको चेन्नायिन एफसीसँग प्रतिष्पर्धा गर्ने छ।

समुहचरणमा शिर्ष स्थानमा रहने टिमले अघिल्लो चरणमा स्थान बनाउने छ। मनाङलाई पराजित गरेसँगै ढाका अबहानी शीर्ष स्थानमा उक्लीएको छ। मंगलबारनै भएको खेलमा भारतका दुई क्लब चेन्नायिन  र मिनर्वा पन्जाबले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे जसले बंगलादेशी क्लबलाई फाइदा भएको छ। अब ८ अंकसहित दोस्रो स्थानमा रहेको चेन्नायीनलाई अघिल्लो चरणमा पुग्न अन्तिम खेलमा मनाङलाई पराजित गर्नु पर्ने छ भने ढाका पन्जावसँग हार्नु पर्ने छ। समुह ‘इ’ मा अवहानीको  १० अंक छ भने चेन्नायीनको ८ र मिनर्वाको ५ अंक छ । समूहबाट शीर्ष टोली अघिल्लो चरणमा पुग्ने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.