|

हुम्ला : खार्पुनाथ गाउँपालिका ५ को बेडुविसौना नजिकै रहेको कच्ची सडकबाट मंगलबार १९ मिटर तल  कर्णाली नदीमा खसेको जिपमा रहेका ११ जनाको बेपत्ताको शव फेला परेको छैन।  

कुरिनटारबाट गोताखोरको टोली घटनास्थलमा पुगी खोजी जारी राखे पनि बेपत्ताहरूको शव भेट्टाउन सकेका छैन। जिपमा रहेकामध्ये १० जनाको मात्र पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय हुम्लाका निरीक्षक राजेन्द्र सिंहले बतए। 

मंगलबार मध्याह्न साढे १२ बजे भएको थियो। दुर्घटनाको जानकारी पाएलगत्तै १ बजेदेखि जिल्ला प्रशासन कार्यलयको अगुवाइमा नेपाली सेना सशत्र प्रहरी बल, नेपाल प्रहरी  र स्थानीय बासिन्दाले खोजी गरे पनि जिप र शवको पत्तो नलागेको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए। 

जिप र सवार यात्रुको कुनै पत्तो नलागेपछि जिल्ला प्रशासन कार्यालय हुम्ला र कर्णाली प्रदेश सामाजिक मन्त्रालयको पहलमा कुरिनटारबाट गोताखोरको टोली घटनास्थलमा पुगी खोजी जारी राखेको छ। 

कुरिनटारमा रहेको सशस्त्र प्रहरी  विपत व्यवस्थापक शिक्षालयका प्रहरी निरिक्षक लक्ष्मण बस्नेतको संयोजकत्वमा १० जनाको  गोताखोरले गाडी निकाल्न प्रयास गरे पनि सफल नभएको सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी बताए। 

नदीको उच्च प्रवाहले समस्या

कर्णालीमा पानीको उच्च बहावका कारण ठूलाठूला ढु‌गा बगाएर ल्याइरहेकोले खोजी कार्यमा समस्या भएको कुरिनटारबाट खटिएका  सशस्त्र प्रहरी निरीक्षक लक्ष्मण बस्नेतले बताए। 

हिउँद महिनामा भएको भारी हिमपातका कारण अहिले हिउँ पग्लिरहेकाले पनि हुम्लाका अधिकांश खोलानालासहित कर्णाली नदीमा बहाव बढेको हो। कर्णाली नदीका छेउछाउमा समेत जान समेत गाह्रो भएकाले पनि उद्धारमा समस्या भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.