कोपा अमेरिका फुटबलमा अर्जेन्टिना पाराग्वेसँग बराबरी रोकिएको छ। बिहीबार बिहान भएको खेलमा अर्जेन्टिना र पाराग्वेले १–१ गोलको बराबरी खेले।
निकै उत्कृष्ट खेल खेलेको पाराग्वेले अर्जेन्टिनालाई लगातार दाबब बनाएको थियो। ३७ औं मिनेटमा गोल गर्दै पाराग्वले पहिलो हाफमा १–० को अग्रता बनाउन सफल भयो। पाराग्वेका लागि रिचर्ड राफेस सान्सेजले गोल गरेका थिए।
पहिलो हाफमा १–० ले पछि परेको अर्जेन्टिनाले दोस्रो हाफ ५४ औं मिनेटमा पेनाल्टी पाएको थियो। पेनाल्टीलाई लियोनल मेस्सीले गोलमा परिणत गर्दै अर्जेन्टिनालाई खेलमा फर्काएका थिए। पाराग्वेका अल्बर्टो गोन्जालेजले पेनाल्टी मिस गरेपछि अग्रता बनाउन असफल भए।
त्यसपछि थप गोल हुन नसकेपछि दुवै टिमले एक–एक अंक लिन सफल भए। पहिलो खेलमा कोलम्बियासँग पराजित भएको अर्जेन्टिनालाई दोस्रो चरणमा प्रवेश गर्न कठिन बनेको छ। समूह बीमा रहेको अर्जेन्टिनाको एक अंकमात्र छ। ६अंक जोडेको कोलम्बिया शीर्ष स्थानमा छ । अबको खेलमा कोलम्बिायलो पाराग्वे र अर्जेन्टिनाले कतारसँग खेल्नेछन्। यसअघि भएको खेलमा कोलम्बियाले कतारलाई १–० ले पराजित गरेको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।