|

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका सांसद योगेशकुमार भट्टराईले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई रिसाएको बिरालोको संज्ञा दिएका छन्। बिहीबार बसेको प्रतिनिधसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सहभागी हुँदै नेकपा नेतासमेत रहेका भट्टराईले यस्तो भनेका हुन्। 

'कांग्रेसले सभामुखको आदेश मान्‍नुपर्दैन? नियम कानुन पालना गर्नु पर्दैन?', भट्टराईले भने, 'संसदीय मर्यादा र नियम मिचिरहँदा सुध्रिन्छ कि भनेको रिसाको बिरालोले खाँबो चिथोरे जस्तै गर्‍यो कांग्रेसले।'

दुनियाँले आफूलाई प्रजातन्त्रवादी भनेकै आधारमा कांग्रेसले असंसदीय चरित्र देखाएको आरोप उनले लगाए। 'संसदीय नियम कानुन नमाने पनि प्रजातन्त्रवादीको श्रीपेच लाउन पाइएकै छ', उनले भने, 'श्रीपेच लगाइिदएको पार्टीलाई कानुन र संविधान लाग्दैन? कानुन त कम्युनिष्टलाई मात्रै लाग्दो रहेछ। कांग्रेसलाई कुनै नियम नै लाग्दैन, पालना गर्नुपर्दैन?'

कांग्रेसका सभापति शेरबहादुर देउवामाथि कटाक्ष गर्दै नेता भट्टराईले बेलायतमा पढेर पनि असंसदीय चरित्र देखाएको आरोप लगाए। 'कांग्रेसका सभापति बेलायतको विश्वविद्यालयमा पढेको सुनेको थिएँ। तर शेरबहादुर देउवाजीले बेलायती विश्‍विद्यालयमा पढेर पनि संसदमा जान चाहिँ भुलेछन्, संसदीय मर्यादा र नियम सिकेनछन्।' 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.