|

काठमाडौं : गोकर्णेश्वर नगरपालिका ६ नयाँबस्ती शिव मन्दिरस्थित मोहन कार्कीको घरमा जुवातास खेलिरहेको अवस्थामा  बौद्ध नयाँबस्ती बस्ने रामेछाप घर भएका ३३ वर्षीय गोपाल घिसिङ लगायत ६ जनालाई ३ बुक तास र नगद २९ हजार ५१५ रुपैयाँसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरको हो। त्यसैगरी बाँकेकाे  नेपालगंज उपमहानगरपालिका २ स्थित जाजरकोटी भावना होटलमा जुवातास खेलिरहेको अवस्थामा जाजरकोट कुशे गाउँपालिका ७ बर्षीय ३० वर्षीय कृष्णबहादुर सिंह लगायत ३ जनालाई  करिब ४५ हजार रुपैयाँ र १ बुक ताससहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ।

वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.