|

मुगु : जिल्लाको सोरु गाउँपालिकामा शैक्षिक सत्र शुरु भएको दुई महिना बिते पनि विद्यालयले पुस्तक नउठाउँदा पाठ्य पुस्तक सदरमुकाम गमगढीमा विक्रेताका गोदाममा नै थन्किएका छन।

नयाँ शैक्षिक सत्र शुरु भएको दुई महिना पुगिसक्दा पनि विद्यार्थी ले पाठ्यपुस्तक पाउन सकेका छैनन्। सोरु गाउँपालिकामा रहेका ४१ विद्यालयमा पुस्तक नपुग्दा पाठ्य पुस्तकविनै विद्यार्थी विद्यालय जान बाध्य भएका छन।

प्रथामिक विद्यालय स्तरका विद्यार्थीको हातमा पुस्तक पुगेको भएपनि निमावि र मावि स्तरका विद्यार्थीले पुस्तक पाउन नसकेका शिक्षकहरू बताउछन। शैक्षिक सत्र सुरु नहुँदै सबै जिल्लामा पाठ्य पुस्तक पुर्‍याउने भनिए पनि सोरु गाउँपालिकामा भने पाठ्यपुस्तक भने अहिलेसम्म पुगेको छैन।

विगतका वर्षहरूमा समयमा नै पाठ्य पुस्तक विद्यार्थीले नपाएपछि आलोचना खेप्दै आएको सरकारले यो वर्ष पनि समयमै पाठ्य पुस्तक विद्यार्थीको हातसम्म पुर्‍याउन सकेन। यता सदरमुकामसम्म पुगेको पाठ्य पुस्तक विद्यालयले नउठाउँदा कतिपय विद्यार्थीले पुरानो किताव प्रयोग गरिरहेका छन भने कतिपयले पुस्तकविना नै विद्यालय जाने गरेका छन।

अन्य गाउँपालिकामा पुस्तक पुगेका भए पनि सोरु गाउँपालिकामा रहेका ४१ विद्यालयले प्राथामिक स्तरका पुस्तक पाएका भएपनी निमावि र मावि स्तरका पाठ्य पुस्तक भने पाउन नसकेका सोरुगाउँपालिका शिक्षा शाखा प्रमुख हिक्मत मल्लले जानकारी दिए। मुगुका लागि त्रिशक्ति स्टेशनरी, जयलक्ष्मी पुस्तक पसल र केवी स्टेशनरीले पाठ्य पुस्तक ल्याउने जिम्मेवारी लिएका थिए। उनीहरूले पुस्तक सदरमुकाम गमगढीसम्म ल्याई पुर्‍याएका छन। तर विद्यालयले पुस्तक लिन नआउँदा विद्यार्थीले पुस्तकबिनै विद्यालय जान बाध्य भएका छन। 

सोरु गाउँपालिकाका जन प्रतिनिधि, विद्यालयका शिक्षक राखेर छिटो पुस्तक लैजान ताकेता गरेपछि केही विद्यालयले पुस्तक लिएका र केही लिने क्रममा रहेको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख सूर्यबहादुर खत्रीले जानकारी दिए।

जिल्ला भरका सबै सरकारी विद्यालयमा शैक्षिकसत्र सुरु नहुँदै पाठ्य पुस्तकको रकम पठाई सकिएको प्रमुख खत्रीले बताए। यता सदरमुकामसम्म पाठ्य पुस्तक विक्रेताले भने सम्बन्धित विद्यालयले पुस्तक लिन नआएका कारण गोदाममा नै पाठ्य पुस्तक थन्क्याउनुपरेको बताएका छन।

हामीले गमगढीसम्म पुस्तक ल्याएका छौं छायानाथ रारा नगरपालिका, मुगुम कार्मारोङ्ग गाउँपालिकामा रहेका विद्यालयले पुस्तक लिए पनि सोरु गाउँपालिकाका अधिकांश विद्यालयले पुस्तक नउठाउँदा गोदाममा थन्क्याउनु परेको पुस्तक विक्रेता जयलक्ष्मी स्टेशनरीका सञ्चालक लक्ष्मीप्रसाद भामले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.