|

मुगु : छायाँनाथ रारा नगरपालिका १४ मा रहेको चंखेली हिमाल संरक्षणको पखाईमा छ। साविकको रुगा गाविसमा तथा छायाँनाथ रारा नगरपालिका १४ मा अवस्थित चंखेली हिमाल पनि संरक्षण पखाईमा ओझेँलमा छ। 

नेपाली १ रुपैयाँको नोटमा अंकित चंखेली हिमाल समुद्री सतहबाट २९ सय मिटरको उचाइमा रहेको छ। हुम्ला र मुगु जिल्लाको दोसाँधमा रहेको उक्त चंखेली हिमाल साविकको कर्णाली अञ्चलकै अग्लाे हिमालका रूपमा लिइन्छ। २०३५ सालमा तत्कालीन राजा वीरेन्द्रले २ दिनसम्म शिकार गरेर रमाएका थिए।

पर्यटकीय रूपमा सुन्दर देखिने उक्त हिमाल संरक्षण र प्रचारप्रसारको अभावमा ओझेँलमा परेकोे छ। मुगुकाे सदरमुकाम आसपासमा रहेका पर्यटकीय स्थान रारा, चंखेली र छायानाथ तीर्थस्थलका रुपमा लिइन्छ। मुगुकाे प्राकृतिक गहनाका रूपमा रहेको चंखेली हिमालको बेवास्ताका कारण पर्यटकीय स्थान भएर पनि पर्यटकका लागि अपरिचित भएको मुगु नागरिक सञ्जालका अध्यक्ष चित्रबहादुर मल्लले बताए। 

चंखेली हिमाल आसपासका बाम गाउँ, फाइपाटालगायतका गाउँ र चिर कालिज, कस्तुरी मृग, गुराँस, भोजपत्रका रुख लगायतका वनस्पति र गोदेगाड खोला पनि मुख्य आकर्षकस्थल बनेका छन्। सदरमुकाम गमगढीबाट ५ घण्टाको पैदल दूरीमा रहेको चंखेली क्षेत्र सडक बाटो र सुविधा सम्पन्न होटेल र सुरक्षाको व्यवस्था गर्नसके आन्तरिक एवं बाह्य पर्यटकको संख्यामा घुइँचो लागि जिल्लाको कायापलट हुने सुनिश्चितता रहेको छ।

युवाको आकर्षण

पछिल्लो समय चंखेली हिमाल चड्ने, घुम्न जाने युवा बढ्दै गहेका छन। फुसर्दको समय शनिबारको समय मिलाएर युवा चंखेली हिमाल घुम्न जाने गरेका छन। चंखेली हिमाल चढ्न मात्रै गाह्राे छ। चंखेली लेकमाथि पुगे सुन्दर रारा र छायाँनाथसमेत देखिने स्थानीय युवाकाे भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.