|

ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा पाहुना टिम जापानले उपाधि दाबेदार उरुग्वेलाई बराबरीमा रोकेको छ। समूह सीअन्तर्गत शुक्रबार बिहान भएको खेलमा जापानले उरुग्वेलाई २–२ गोलको बराबरीमा रोकेको हो।

जापानका लागि कोजी मियोशीले दुवै गोल गरेका हुन्। उरुग्वेका लागि लुइस स्वारेज र जोसे गिमेन्जेले एक एक गोल गरे। २५ औँ मिनेटमा कोजीको गोलबाट जापानले सुरुवाती अग्रता लिन सफल भएको थियो। तर ३२ औँ मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्न उरुग्वे सफल रह्यो। उसका स्टार स्ट्राइकर स्वारेजले पेनाल्टीको मौकालाई सदुपयोग गर्दा खेल बराबरी भएको थियो।

जापानले दोस्रो हाफमा पनि अग्रता बनायो। ५९ औँ मिनेटमा कोजीले व्यक्तिगत दोस्रो गोल गर्दै पुनः जापानलाई अग्रता दिलाए पनि १० मिनेट पनि अग्रतालाई कायम राख्न सकेन। ६६ औँ मिनेटमा जोसेले उरुग्वेका लागि बराबरी गोल गरे। त्यसपछि दुवैतर्फबाट गोलका केही सीमित प्रयासहरु भए तर सफल भएनन्।

पहिलो खेलमा इक्वेडरमाथि ४–० को जित निकालेको उरुग्वे दोस्रो खेलमा बराबरी गरेपछि चार अंकसहित समूहको शीर्ष स्थानमा कायम छ। पहिलो खेलमा चिलीसँग पराजित जापान दोस्रो खेलको बराबरीले एक अंक हासिल गर्न सफल भयो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.