|

काठमाडौं :  सन्दीप लामिछाने लगातार दोश्रो वर्ष ग्लोबल टि–२० लिग क्यानाडमा खेल्न छनोट भएका छन्। सन्दीपसँगै  सोमपाल कामी पनि पहिलो पटक विदेशी लीगमा खेल्न छनोट भए।

ग्लोबल टि–२० क्यानडाको दोश्रो संस्करण जुलाई २५ देखि ११ अगस्ट सम्म क्यानाडामा आयोजना हुँदैछ। प्रतियोगिताको लागि  खेलाडी चयन गर्न ड्राफ्ट बिहीबार आयोजना गरिएको छ।

सन्दीपले गत वर्ष मोन्टरियल टाइगर्सको लागि खेलेका थिए। उक्त प्रतियोगिताको  ५ खेलमा ८ विकेट लिएका थिए। यो पटक भने सन्दीपलाई ड्राफ्टबाट टोरोन्टो नेसन्सले लिएको हो।

सन्दीप बाहेक नेपाली खेलाडीहरुले हालसम्म विदेशी लिगमा छनोट भएका थिएनन्। पहिलो पटक सोमपाल कामी बिदेशी लीग खेल्न छनोट भएका थिएनन्। यस अघि सोमपालसहित दिपेन्द्र ऐरी र रोहित पौडेल पनि क्यारेबियन प्रिमियर लिगको ड्राफ्टमा रहे पनि कुनै पनि टिमले लिएका थिएनन्।

सोमपाललाई विन्नीपिग हक्सले ड्राफ्ट मार्फत लिएको हो। सोमपालको टिममा ड्वेन ब्राभो, जेपी डुमिनि, क्रिस लिन जस्ता खेलाडीहरु रहेका छन्।

सन्दीपलाई टोरोन्टो नेसनल्सले लिएको हो जुन टिममा भर्खरै सन्यास घोषणा गरेका भारतीय खेलाडी युवराज सिंह मार्की खेलाडीको रुपमा रहेका छन्। यस्तै टिममा काइरन पोलार्ड, ब्रेण्डम म्याकलम जस्ता खेलाडी रहेका छन्। विदेशी लीगमा छनाेट भएका सन्दीप र साेमपाललाई नेपाली राष्ट्रिय टाेलीका कप्तान पारस खड्काले बधाई दिएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.