|

जनकपुरधाम : जनकपुरधाम ३ कदम चोकमा आगलागीबाट होटल जलेर पीडित बनेकाहरुलाई उपमहानगरपालिकाले राहतस्वरूप आर्थिक सहयोग गरेको छ।

आगलागीबाट नष्ट भएको गोविन्द मिष्ठान्न भण्डार, सियाराम मिष्ठान्‍न भण्डार र ठाकुर मिष्ठान्‍न भण्डारका संचालकले १ लाख १० हजारको दरले राहत स्वरुप आर्थिक सहयोग पाएका हुन्। जनकपुरधामकी उपमेयर रिता झाले शुक्रबार पीडितको घरमै पुगेर चेक हस्तान्तरण गरेकी हुन्। उनले आवश्यकताअनुसार अझै सहयोग गर्ने प्रतिबद्धता जनाएकी छिन्।

बुधबार राति विद्युत् सर्ट भएर गोविन्द मिष्ठान्‍न भण्डारबाट आगलागी सुरु भएको थियो । होटलमा रहेको ८ ग्याँस सिलिण्डर विस्फोट भएपछि छेउको अन्य दुई होटल पनि जलेको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी शेखर खनालले जानकारी दिए। आगलागीबाट करिब ५० लाख बढीको क्षति भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.