|

एजेन्सी : लाथिस मालिङ्गा चम्किएपछि श्रीलंकाले विश्वकप आयोजक टोली इङ्ल्याण्डलाई २० रनले पराजित गरेको छ । लिड्समा २ सय ३३ रनको सामान्य लक्ष्य पछ्याएको घरेलु टोली इङ्ल्याण्डले मालिङ्गाको धारिलो बलिङसामू निरीह हुँदै २० रनले नतिजा सुम्पिन बाध्य भएको हो।

जवाफी ब्याटिङमा उत्रिएको इङ्ल्यान्ड ४७ ओभरमा २ सय १२ रनमै अलआउट भयो। श्रीलंकाका लागि मालिङ्गाले १० ओभर बलिङ गर्दै ४३ रन दिएर सर्वाधिक ४ विकेट लिएर जित दर्ता गराए।

टस जितेर पहिले ब्याटिङमा उत्रेको श्रीलंकाले निर्धारित ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २ सय ३२ को सामान्य स्कोर बनाएको थियो। श्रीलंकाका एन्जेलो म्याथ्युजले अविजित रहँदै सर्वाधिक ८५ रनको योगदान दिए।

त्यसैगरी अभिस्का फर्नान्डोले ४९, कुशल मेण्डिसले ४६ र धननन्जय सिल्भाले २९ रन जोडे। श्रीलंकालाई सानो स्कोरमा समेट्ने क्रममा इङ्ग्ल्याण्डका जोफ्रा आर्चर र मार्क वुडले समान ३-३ विकेट झारे। आदिल रशिदको नाममा २ र क्रिस वोक्सको नाममा १ विकेट रह्यो।

दुवै टिम जित दर्ता गराउने दाउमा थिए, तर दबाब श्रीलंकामाथि धेरै थियो। यस्तोमा नतिजा श्रीलंकाले निकाल्यो। इङ्ल्यान्ड पाँचौ जितको खोजीमा थियो। इङ्ग्ल्यान्डले ६ खेलमा ४ जित र २ हार व्यहोर्दै ८ अंक जोडेको छ । श्रीलंकासँग पराजित भए पनि इङ्ल्यान्ड अंकतालिकाको तेस्रो स्थानमा छ।

श्रीलंका ६ खेलबाट ६ अंकसहित पाँचौ स्थानमा उक्लेको छ। श्रीलंकाले २ जित दर्ता गराउँदा २ हार र २ खेल बराबरी खेलेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.