|

सुनसरी : इटहरीमा जारी रात्रिकालीन क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफ क्लब विजयी भएको छ। गएराति सम्पन्न खेलमा आयोजनक एरिना च्यालेन्जर्सलाइ चार विकेटले पराजित गर्दै एपीएफ विजयी भएको हो। 

इटहरी स्थित क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको एरिना च्यालेन्जर्सले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाएर ९६ रन बनाएको थियो । उसका लागि अनिस लुइँटेलले नटआउट ४४ रनको योगदान दिए। सुमन पौडेलले १५ रन बनाए । एपीएफका लागि सागर भण्डारीले २ महत्त्वपूर्ण विकेट लिए । चार ओभर बलिङ गरेका उनले २ मेडन सहित २ रनमात्र खर्चिएर २ विकेट लिन सफल भए । त्यस्तै भुवन कार्कीले २ तथा दिपेन्द्र रावल ले १–१ विकेट लिए।   

जवाफमा ९७ रनको बिजयी लक्ष्य पछ्याएको एपिएफले ४ विकेट गुमाउँदै १२ औँ ओभरमा लक्ष्य भेटाउन सफल भयो। उसका लागि शंकर राणाले ४२ रन बनाउँदा प्रज्वल शाहीले १३ र आयुष्मान बलमे २० रन बनाए। बलिङतर्फ एरिना च्यालेन्जर्सका संयम पोखरेल, भूपाल लुइँटेल र सुमित तिमल्सिनाले २–२ विकेट लिए। विजयी टिम एपीएफका शंकर राणा खेलको म्यान अफ द म्याच घोषित भए। 

प्रतियोगिताको सेमिफाइनलअन्तर्गत शनिबार राति दुईवटा खेल हुनेछन्। पहिलो सेमिफाइनल खेल इनरुवाविरुद्ध नेपाल पुलिस क्लबमैदानमा उत्रिनेछ। यस्तै दोस्रो खेल एपीएफ र त्रिभुवन आर्मी क्लबबीच हुनेछ। 

आइबार राति हुने फाइनल विजेताले उपाधिसहित नगद एक लाख र उपविजेताले ५० हजार जगद सहित ट्रफी पाउने आयोजकले जनाएको छ। प्रतियोगितामा नेपालका तीन विभागीय टिमसहित आठ टोलीको सहभागिता छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.