|

उदयपुर : छैटौँ उदयपुर गोल्डपक फाइन्ल खेल आज हुँदै छ। चिरप्रतिद्वन्द्वी विभागीय टिम सशस्त्र प्रहरीबल एपिएफ र गोर्खाव्वाइज क्लब रुपन्देहीबीच थरुहट रंगशालामा उपाधिका दुई टिम भिड्दै छ।

एपिएफ सिजनमा दोस्रोपटक उपाधि कब्जा गर्ने रणनीतिका साथमा मैदानमा आउँदै छ भने रुपन्देही एपिएफलाई रोकेर पहिलो उपाधि चुम्ने तयारीमा छ। रुपन्देही आयोजक उदयपुर ११ लाई ४–१ र एपिएफ मोरङ फुटबल एकेडेमीलाई २–० गोल अन्तरले उपाधिको दाबेदार बनेको हो।

दुवै टिमले उपाधिका लागि आफूलाई पूर्णदाबेदार पस्तुत गर्दै त्यहीँ अनुसारको तयारी रहेको बताउँछन्। जारी सिजनमा भर्खरै धनकुटामा सम्पन्न भीमनारायण गोल्डकप उपाधि उचालिसकेको सशस्त्र उदयपुर गोल्डकप कब्जा गरेर उपाधि संख्या दुई पु¥याउने सपना बुनेर बसेको छ। सिजनमा सिन्धुगोल्डकपमा उपविजेतामा चित्त बुझाएको रुपन्देही उदयपुर गोल्डकपमा एपिएफलाई रोकेर उपाधिको खाता खोल्ने तयारीमा छ।

सिजनमा यी दुई टिमबीच उदयपुर गोल्डकपले भेट गराएको छ। दोस्रो भेटसम्ममा सशस्त्र एकले अग्रता हासिल गरेको छ भने रुपन्देही सिन्धुगोल्डकपमा एपिएफसँग नै उपविजेतामा चित्त बुझाएको थियो।

सिन्धुगोल्डकपको कमजोरीलाई पहिल्याउँदै तयारी गरिएकाले उपाधि चुम्नेमा ढुक्क रहेको रुपन्देहीका प्रशिक्षक जगुनाथ खड्का बताउँछन्। ‘अफ्रिकन खेलाडी फोफो र डेनिलसँग टिम पूर्णविश्वास छ,’ उनले भने।

अघिल्लो सिजनसम्म आइपुग्दा ३ पटकसम्म सशस्त्रसँग उपविजेताको रूपमा चित्त बुझाउँदै आएको एपिएफका सामु रुपन्देहीलाई जित निकाल्न भने त्यति सहज छैन। खेलमा नियमित अभ्यास गरिरहेको एपिएफको चुनौती पन्छाउन पनि रुपन्देहीलाई फलामको चिउरासरह कुने पक्कापक्की देखिन्छ।

रुपन्देहीका टिम म्यानेजर जयराम सापकोटाले उपाधि रक्षाका लागि उपयुक्त रणनीतिमा उत्कृष्ट प्रदर्शन गर्ने बताए। ‘उपाधि भिडन्त भएकाले बढी नै मिहिनेत छ, मजवुत टिम भएकाले दुवै टिमबीचको प्रतिस्‍पर्धा ५०÷५० को अवस्थामा हुने भए पनि उपाधि हात पर्नेमा ढुक्क छु,’ उनले भने।

रुपन्देहीले सुजित गुरुङको कप्तानीमा स्टार खेलाडी सुमन अर्याल, नितिन थापा, विवेक बस्नेत, गौतम श्रेष्ठ लगायतलाई लिएर मैदानमा जाँदैछ। त्यसैगरी तीन जना अफ्रिकन खेलाडीलाई पनि मैदानमा उतार्दै छ।

उनले खेलाडीलाई विपक्षीलाई सुरुवातदेखि नै प्रेसर दिएर एट्याकिङ गेम खेल्ने रणनीति रहेको बताउँछन्। ‘यस अघिका कमी कमजोरीलाई सुधार गर्दै अघि बढ्ने छौं,’ उनले भने, ‘एपिएफका धेरै कमजोरीलाई पहिल्याउँदै जित निकाल्ने सवालमा खेलाडी चुक्ने छैनन्।’

सशस्त्रका प्रशिक्षक सुदिप श्रेष्ठले भने रुपन्देहीबाट खेलिरहेका तीन जना विदेशी खेलाडीलाई सुरुदेखि नै रोक्दै ट्रयापमा पारेर नतिजा निकाल्ने तयारी गरेको दाबी गर्छन्। उनले खेलाडीको फिटनेश र टिम वर्क नै जितको मुख्य आधार छ। ‘दुवै टिम उत्तिकै सक्षम र मजवुत छौँ,’ टिम म्यानेजर सुवास आचार्यले भने, ‘रुपन्देहीविरुद्ध अवसरको सिर्जना गरेर चान्स पाउन साथ गोल गर्ने तयारी छ।’

मिलन राईको कप्तानीमा स्ट्राईकर हरी कार्की, प्रविन स्यान्त्याङ्ग, नविन लामा, राजेन्द्र रावल, श्याम नेपालीलाई मैदानमा उतार्दैछ। केहि खेलाडी आउन नपाए पनि सदावहार अभ्यास गरिरहेका खेलाडी भएकाले जित सुनिश्चित हुनेमा ढुक्क रहेको कप्तान मिलन राईको भनाइ छ।

प्रतियोगितामा विजेता टिमले ५ लाख र उपविजेताले ३ लाख नगद राशिको पुरस्कार प्राप्त गर्नेछन्। प्रत्येक दिनको खेलमा म्यान अफ दी म्याच हुने खेलाडीलाई ७ हजार रुपैयाँ नगद र मेडल प्रदान गरिँदै आएको छ। उत्कृष्ट गोलरक्षक, मिड फिल्डर, डिफेन्स, फरवार्ड, एवं सर्वाधिक गोलकर्ता र टिम मध्येका उत्कृष्ट सबैलाई नगदसहितले सम्मान गरिने आयोजक समितिका संयोजक रमाकान्त चौधरीले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.