|
तस्बिर : पेमा गुरुङ

पोखरा : चीनबाट सिमेन्ट बोकेर आएको एउटा ट्रक मुस्ताङको कोरला नाकामा पल्टिएको छ । नेपाल–चीनको सीमानाबाट पाँच किलोमिटर उत्तर चीनतर्फ शनिबार सुरु भएको ब्यापार मेलाबाट सिमेन्ट बोकेर आएको ट्रक दुर्घटनामा परेको हो।

अन्तरदेशीय मेलाबाट सिमेन्ट बोकेर आएको ट्रक दुर्घटना हुँदा  चालक र सहचालक घाइते भएका छन् । चनीतर्फ हुने उक्त मेलामा दुई देशका मानिसले आफ्नो ठाउँमा उत्पादित लत्ता कपडादेखि खाद्यन्न विक्रीमा राख्ने गर्छन ।

मेलामा नेपालीहरुले स्थानीय खाद्यन्नहरु, पस्मिनाका सामानहरु विक्री गर्न राख्छन् । चीनतर्फबाट विद्युतीय उपकरण, लुगा, खाद्यन्न र निर्माण सामाग्रीहरु विक्रीका लागि ल्याउँछन् ।   यो मेला १० दिनसम्म चल्नेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.