|

उदयपुर : शनिबार सम्पन्न उदयपुर गोल्डकपको उपाधि विभागीय टोली सशस्त्र प्रहरीको एपीएफले उचालेको छ। शनिवार भएको फाइनल खेलमा गोर्खा व्वाइज रुपन्देही–११ लाई शून्यकाविरुद्ध १ गोलले हराउँदै एपीएफ च्याम्पियन भएको हो ।

प्रतिस्पर्धात्मक खेलमा दुवै टिमले पहिलो हाफसम्म गोल गरेनन्। ८० मिनेट खेलाइएको खेलको दोस्रो हाफको ७३ औँ मिनेटमा सशस्त्र प्रहरीका श्याम नेपालीले गरेको गोल नै उपाधिका लागि निर्णायक बन्यो।

जितसँंगै एपीएफले नगद ५ लाख प्राप्त गरेको छ । उपविजेता रुपन्देही–११ ले ३ लाखमा  चित्त बुझाएको छ।  एपीएफलाई उपाधि दिलाउन गोल गरेका श्याम नेपाली म्यानअफ द म्याच घोषित भए। उनले नगद सात हजार प्राप्त गरे।

यस्तै प्रतियोगीताकै उत्कृष्ट खेलाडी सशस्त्र प्रहरीका राजेन्द्र रावल घोषित भए। उनले नगद ५० हजार प्राप्त गरे। विजेता टिमलाई प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले पुरस्कार वितरण गरे। 

एसियन थाइफुड्स प्रालि र गैंडाछाप उदयपुर सिमेन्टले मुख्य प्रायोजन गरेको यो गोल्डकप उदयपुरकोे सबैभन्दा ठुलो र प्रदेश एककै तेस्रो ठुलो प्रतियोगिता हो। 

८ टिम सहभागी प्रतियोगितामा सर्वाधिक गोलकर्ता रुपन्देहीका विदेशी खेलाडी फोफोना घोषित भए। उनले सर्वाधिक ३ गोल गर्दै २० हजार हात पारे। यस्तै उत्कृष्ट गोलरक्षक एपीएफका अमृत चौधरी, उदयमान खेलाडीमा उदयपुर–११ का सुदीप श्रेष्ठ घोषित भए। उनले १५ हजार हात पारे। 

उत्कृष्ट फवार्ड एपीएफका नवीन लामा, उत्कृष्ट मिडफिल्डर रुपन्देहीका  नितिन थापा, बेस्ट डिफेन्स रुपन्देहीका विदेशी खेलाडी पेपे, बेस्टट कोच एपीएफका सुदीप श्रेष्ठ घोषित भए। उनीहरुले जनही जनही नगद १५ हजार रुपैयाँ प्राप्त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.