|
फाइल फाेटाे

चितवन  :  नारायणगढ मुग्लिन सडकको जलविरे खण्डमा खसेको पहिरो हटाएसँगै यातायात दुईतर्फि सञ्चालन भएको छ। पहिरो पुर्णरुपमा हटाईसकेकाले अहिले कुनै समस्या नरहेको ईलाका प्रहरी कार्यालय मुग्लिनले जनाकारी दिएको छ। 

आइतबार बिहान करिव ७ बजे पहिरो खस्दा केहि बेर यातायात अवरुद्ध भएको थियो भने केहि समय एकतर्फी रुपमा सञ्चालन गरीएको थियो।  प्रदेश तीन ट्राफिक कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नविन राज राईले वर्षाको मौसम रहेकाले यात्रु, सवारी चालकलाई सचेत भएर यात्रा गर्न आग्रह गरेका छन्।  

वर्षातको मौसम भित्रीएसँगै अघिल्लो वर्ष जस्तै यस सडक खण्डमा यात्रा गर्ने यात्रुहरुले ठाउँठाउमा झर्ने पहिरोको सास्ती व्यहोर्न थालेका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.