|

चितवन :  जिल्ला कारागार भरतपुरमा रहेका एक कैदीको मृत्यु भएको छ। बाराको कलैया नगरपालिका ५ का ५८ वर्षीय भरत बहादुर थापाको शनिबार राति ८ बजे मृत्यु भएको कारागार कार्यालयका लेखापाल कृष्ण काफ्लेले जानकारी दिए।

काफ्लेका अनुसार थापा क्यान्सरका बिरामी थिए। उनलाई क्यान्सरको संक्रण देखिएपछि गएको जेठ ६ गत्ते विरगञ्ज कारागारबाट भरतपुर कारागार कार्यालयमा ल्याइएको थियो।   थापा २०७४ सालमा जवरजस्ती करणीको अभियोगमा पक्राउ परेका थिए। मृतक थापाको शव पोस्मार्टमका लागि भरतपुर अस्पतालमा लगिएको काफ्लेले बताए।  यसअघि गएको जेठ ३ गत्ते पनि कैद भुक्तान गरीरहेका सरिता थिङको क्यानसरकै कारण मृत्यु भएको थियो। 

भरतपुर कारागारमा ९ जना क्यान्सरका बिरामी

कारागारले दिएको जानकारी अनुसार भरतपुर कारागार कार्यालयमा अहिले ९ जना क्यान्सरका संक्रमित रहेका छन्। जसमध्ये एक जना महिला पनि छन्। उनिहरु विभिन्न स्थानका कारागारबाट उपचारका लागि भरतपुर कारागार आईपुगेका कारागार प्रशासनले जनाएको छ।

क्यान्सर संक्रमित कैदिहरुले भरतपुरमा रहेको विपि कोईराला मेमोरियल क्यान्सर अस्पतालबाट उपचार गराइरहेका छन्। क्यान्सर संक्रमितलाई उपचारका लागि अन्य स्थानमा समस्या हुनेगरेका कारण भरतपुर कारागार पठाउने गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.