|

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका सांसद गजेन्द्रबहादुर महतले सरकारले दिएका किताब राख्ने ठाउँ नै नपाएको बताएका छन् ।
आइतवार बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद महतले सरकारले दिएका किताबले कोठा भरिएको बताउँदै तिनलाई राख्ने उपाय नभएको बताएका हुन् ।

'सरकारले वार्षिक ६० हजार रुपैयाँ बराबरको किताब दिन्छ, कोठा भरिएर राख्ने ठाउँ भएन', उनले भने, 'यदि ती किताब राख्नका लागि ल्याप्टप दिइएको भए ठीकै होला, होइन भने सरकारले किताब राखिदिने पनि व्यवस्था गरिदेओस्।'

त्यस्तै कांग्रेसका सांसद गगनकुमार थापाले सरकारले  किताबमा अनावश्यक कर लगाएको भन्दै आक्रोश पोखे । 'कितातबमा मात्रै अनावशयक किन कर थोपरेको? अब विदेशबाट आउने किताबमा पनि कोटा प्रणाली तोकियोस', उनले भने, 'जनतालाई सरकारले भनिदेओस् अब किताव पनि निश्चित संख्या भन्दा धेरै नपढ्नू।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.