|

काठमाडौं : प्रतिनिधि सभाको आइतवारको बैठकमा टीकापुर नरसंहारका प्रमुख दोषी तथा सांसद रेशम चौधरीलाई नेलकडी लगाएकोबारेमा विपक्षी सांसदहरुले सरकारको आलोचना गरेका छन् ।

स‌ंसदमा विशेष समय लिएर बोल्दै समाजवादी पार्टी नेपालका सांसद प्रदीप यादवले रेशम चौधरी निर्दोष रहेको जिकिर गरे। उनले यदि उनी चौधरी नभएको यतिखेर संसदमा हुने पनि जिकर गरे। 

'यदि रेशमजी चौधरी नभएको भए हामीसँगै हुनुहुन्थ्यो। रेशम चौधरीले कसैको ज्यान लिएका छैनन्', यादवले भने, 'कसैको हत्या गरेको होइन। उनले त थारुका लागि आन्दोलन गरेका हुन्।'

सपथ खुवाएर पनि रेशमलाई जेलमा राखिएको बताउँदै यादवले आक्रोश पोखे। '२० औँ हजार हत्या गर्नेहरु मन्त्री भएर आज यहाँ छन् तर थारु भएकैले रेशमलाई जेल कोचिएको छ', उनले भने, 'अझ सांसद जस्तो व्यक्तिलाई अस्पताल लैजाँदा सरकारले १४ केजीको नेलले बाँधेको छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.